के लेखौँ कविता ? – त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,असार १८।
के लेखौँ कविता? अनेक रमिता गर्नेहरूका अघि
हुन्छन् नक्कलका कुरा गहकिला, के काम यौटा कवि
हाँस्छन् लेख्छु वसीभने त अहिले, लुक्दै फुराऊँ म के ?
यस्तो सभ्य समाजभित्र रचना को पढ्छ विश्वासले ?
के लेखौँ कविता? बसेर कहिल्यै पढ्दैन कोहीभने ?
के होला र चढाइ अक्षर तला, चढ्दैन कोहीभने ?
आफ्नो ठाउँ कहाँ छ निश्चय गरी टेक्दैन कोहीभने ?
नानाशोषणका कथाअनिव्यथा, देख्दैन केहीभने ?
के लेखौँ कविता? बसेर घरमा यो त्रास सन्त्रासमा
भर्ने हैन भने त किन्तु यसले सद्भावको भावना
गर्ने हैन भने त शान्तयसले भोकाहरूका मन
सार्ने हैन भने त जीवन बुटी, मर्छौं मरौँ भो रुन ।
के लेखौँ कविता? रुखो विषय यो बेकार भन्छन् भने
सुन्नै मात्रप¥यो नि फोकट भनीदिक्दार बन्छन् भने
फुट्टीदिन्नकमाइअक्षर कुँदी के मिल्छ ठान्छन् भने
बिग्रो यो कविभोक टार्छ कसरी भन्ने बुझिन्छन् भने ।
के लेखौँ कविता? कुरो त जहिल्यै खाने र प्यूँने गरे
भन्नै पर्छ तिमीविदेशतिर नै निर्धक्क ज्यूँनू अरे
पाए ऋण बन्यो बजेट गतिलो सर्कार भन्छन् भने
चम्केलाअनि स्वाभिमान कसरी ? विश्वास रुन्छन् भने ।
के लेखौँ कविता?जहाँ रिपुहरू नाघेर सीमा पसे
क्याआनन्दयहाँ छ ?किन्तु जनताबोकेर नक्सा बसे
जाँदाभो बरु खेत जोत्नदगुरी बोकेर आफैँ हलो
के पोख्दै छ मसीत्रिलोचनबसी?कुर्लेर दौडे भलो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक