मेरुदण्ड पक्षघात समुह नेपालले गोकर्णेश्वर नगरपालिकालाई माग पत्र बुझायो
कपन अनलाइन
काठमाडौँ, असार ६ । गोकर्णेश्वर नगरपालिकालाइ मेरुदण्ड पक्षघात समुह नेपालले ११ बुँदे माग पत्र बुझाएको छ । समुहले आज गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ,उप प्रमुख सान्नानी लामा समक्ष अपांगता भएका व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सहायक सामग्री, सहयोगी क्षमता अभिवृद्धि ,अपाङ्गता मैत्री साधनको व्यवस्था , समन्वय समिति गठन , खेलकुद आवास गृह संचालन अपाङ्ग मैत्री पूर्वाधार लगायतको माग राखी पत्र बुझाएको हो ।
उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा लगायत कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । माग पत्र बुझ्दै नगरप्रमुख दिपक रिसालले उठाएका मागलाइ यथासक्य सम्बोधन गर्ने बताएका थिए ।
तपाइँको प्रतिक्रिया ।