नेपाली सपना : गंगा लिगल (कविता )

नेपाली सपना : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

तिमीले फेरेको प्रत्येक श्वास प्रस्वासमा
भविष्यको रेखा कोरिएको छ
तिम्रो प्रत्येक पाइलामा
मानव प्रगतिको आशा जोडिएको छ ।

यो माटोमा,
धर्तीको पवित्रतामा
आफुलाई
एकत्रपारी
सङल्याउनुछ
आफू मरेर पनि यो पवित्र माटोमा
कर्णाधार तयार गर्नु छ ।

जीवन मृत्युमा
मृत्यु जीवनमा हराए पनि
यसको प्रत्येक ढुकढुकी,
प्रत्येक माटोको कण कणमा
फस्टाउँदै जानेछ

अनि अरु पनि यस्ता कैयन जीवनहरु
प्रस्फुटित हुनेछन्
जसले देशको धर्तीलाई
साहित्यको लालिमाले सिगार्नेछ
जसले नेपाली सपनालाई
साकार रुप दिनेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।