अनित्य मनुष्य चोला : कुमार नेपाल (कविता )

अनित्य मनुष्य चोला : कुमार नेपाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

यो जीवन किन तिमी मेरो भन्छौ
यस्को प्रमाण स्वरुप घर जग्गा जस्तै
कहिले र कहाँ दर्ता गरी लालपूर्जा लिएका छौ
कुन सालमा के कति मालपोत तिरेका छौ
आजतिमी म र मेरो परिवार भन्छौ
घर, धन, सम्पत्ति र जग्गा, जमीन सबै नै मेरै हो भन्छौ
त्यो जे जति भए पनि मृत्युका बखत
ती सबै तिम्रो पछि लागेर जादैनन्
हिजो यो सबै अर्कैको थियो
भोलि फेरी अर्कैको हुन्छ
यो अनित्य मनुष्य चोला
नत तिम्रो हो नत मेरो हो
यो त सबै अदृश्य शक्ति भएको
भगवानको हो
उसले कहिलेसम्म तिमीलाई यस धरतिमा राख्छ
यो जीवनआजहो कि भोली हो भगवानको
इच्छामा भर परेको हुन्छ
उसले कहिले काल भै आफूसित लैजान्छ
यसको रहस्य कसैलाई थाहा छैन
यस्तो अनित्व मनुष्य चोलामा
किनधन र पदको घमण्ड गर्छौ
दुःख परे हे भगवान भन्छौ
सुखमा सबै बिर्सन्छौ
दुःख र सुख दुबैमा भगवानको
नाम सकिर्तन गर्ने गर
यसैले तिम्रो जीवन सार्थक बन्ने छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।