ओलीको टोलीले भत्कायो १३५ घर
अशोकराज पाण्डे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्र बुढानिलकण्ठ क्षेत्रमा निरिक्षण गरेका छन् । बुढानिलकण्ठ नगरपालिकाको चुनिखेल क्षेत्रमा अध्यक्ष ओलीले निरिक्षण गर्दै आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले काठमाडौं क्षेत्र नं. ४ मा खटिएका एमाले टोलीलाई भूकम्पपीडितहरु राम्रो व्यवहार गरेर भग्नावशेष उठाउन विशेष रुपमा लाग्न निर्देशन दिएका हुन् ।
एक सय ३५ जनाको टोली बनाएर गत जेठ १० गतेबाट निरन्तर बुढानिलकण्ठ नगरपालिका चुनिखेल खटिएको टोलीले जेठ १५ गतेसम्म ६४ घरको भग्नावशेष हटाइसकेको छ । गत १० गते पार्टीका केन्द्रीय सदस्य एवम् सभासद डा. राजन भट्टराईको नेतृत्वमा शुरु भएको अभियानको शुक्रबार पार्टी अध्यक्ष ओली, स्वयम्सेवक संयोजक गोकर्ण विष्ट एवम् नेता सानु श्रेष्ठले निरिक्षण गरेका हुन् ।
कपन अनलाइनसँग कुरा गर्दै बुढानीलकण्ठ नगरपालिका वडा नं १६ एमाले अध्यक्ष टिकेश नारायण श्रेष्ठले भनेँ हामीले अभियान शुरु गरेको छैठौं दिनसम्म ६४ घरको भग्नावशेष हटायौं । यी दिनहरुमा जनताको दुःखमा साथ दिन पाउँदा अत्यन्तै खुशी लागेको छ ।
भग्नावशेष हटाएपनि पुर्नर्निमाणको कार्य गर्न अझै बाँकी छ र हामी त्यसका लागि पनि पूर्ण तयार भई बसेका छौं । जेठ १६ शनिबारबाट यो टोली चपली भद्रकालीमा खटिनेपनि उनले जानकारी दिए ।