काठमाडौं महानगर -६ का नव निर्वाचित वडा अध्यक्ष भुवन लामा सहित सदस्यहरुले पदभार ग्रहण गरे
कपन अनलाइन
काठमाडौं, जेठ १७ ।काठमाडौं महानगरपालिका वडा नं ६ मा नव निर्वाचित वडा अध्यक्ष भुवन लामा तथा सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन । सोमबार नै राष्ट्रिय सभा गृहमा नगर प्रमुख बालेन्द्र शाहले पद तथा गोपनियता सपथ खुवाए संगै वडा कार्यलय पुगी वडा अध्यक्ष भुवन लामा लगायत वडा सदस्यहरु नरेन्द्र कुमार थापा (भगवान) ,देब सुन्दर बज्राचार्य,गायत्री पुडासैनी र मिना सुनारले पदभार ग्रहण गरेका हुन । नवनिर्वाचित वडा अध्यक्ष सहित सदस्यहरुलाई वडा कार्यालयमा निवर्तमान वडा अध्यक्ष दिपेन्द्र लामा ,वडा सचिब लगायत अन्य कर्मचारीहरु सहित स्थानीयले स्वागत गरेका थिए ।
पदभार ग्रहण गरे संगै निर्वाचित वडा अध्यक्ष भुवन लामाले आम मतदातालाइ धन्यवाद दिदै बिगतमा अधुरा रहेका र थप नया कामलाई प्राथमिकताका साथ अगाडी बढाउने बताएका छन । उनले अव्यवस्थित पार्किङ लाइ व्यवस्थित गर्नुको साथै फोहोर मैला समस्या समाधानको लागि पहल गर्ने निर्णय संगै पदभार ग्रहण गरेका हुन ।वडा अध्यक्षको कार्यभार सम्हाल्दै लामाले आउँदो पाँच वर्षभित्रमा वडा नम्बर ६ लाई एउटा नमुना वडा बनाउने उद्धघोष गरेका हुन । जनताको चाहना र भावना अनुसारको काम गरी वडालाई देशमै चिनाउने गरी विकास निर्माण लगायतको कार्य गर्ने उनले बताएका छन । आफु जनताको मालिक नबनी सेवक बनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरेका छन । नेपाली कांग्रेस बाट वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित लामाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामालाइ ११ सय ४४ मत अन्तरले पराजित गरेका हुन । भुवनले ३८७६ मत ल्याउदा उनका प्रतिस्पर्धी बसन्त लामाले २७३२ मत प्राप्त गरेका थिए ।