विकासका लागि डाटा
जेफ्री डी. स्याक्स
न्यूयोर्क, १५ जेठ । समाजका प्रत्येक हिस्सामा तथ्याङ्क क्रान्ति परिवर्तन भइरहेको छ । निर्वाचनहरु बायोमेट्रिकसँग व्यवस्थापन हुन्छन् । भू–उपग्रह चित्रबाट जङ्गलको निरीक्षण गरिन्छ । बैङ्किङ शाखा कार्यालयबाट स्मार्टफोनमा सरेका छन् र विश्वको आधा हिस्सामा मेडिकल एक्स–रेबाट जाँच हुन्छ ।
संयुक्त राष्ट्रसङ्घको सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क (एसडीएसएन)को एक नयाँ प्रतिवेदनअनुसार लगानी र दूरदर्शिताको एउटा सानो अंशसँगै तथ्याङ्क क्रान्तिले दिगो विकास क्रान्तिलाई डो¥याउनसक्छ, गरिबी अन्त्यको दिशामा विकासलाई गति प्रदान गर्दछ, सामाजिक समावेशीलाई बढावा दिन्छ र वातावरणलाई संरक्षण गर्दछ ।
आगामी सेप्टेम्बर २५ मा हुने संयुक्त राष्ट्रसङ्घको एक विशेष सम्मेलनमा विश्वका सरकारहरुले नयाँ दिगो विकास लक्ष (एसडीजी) लाई अपनाउनेछन् । सो समारोह इतिहासमा विश्वका नेताहरुको सबैभन्दा ठूलो जमघट हुने सम्भावना रहेको छ । सम्मेलनमा विश्वका करिब १७० सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् र साझा लक्ष ग्रहण गर्नेछन् जसले सन् २०३० सम्ममा विश्वव्यापी विकास प्रयासहरुलाई निर्देशित गर्नेछ । निश्चय नै लक्षहरु प्राप्त गर्नुभन्दा ग्रहण गर्नु सजिलो छ । त्यसैले सन् २०३० सम्ममा एसडीजीलाई यथार्थमा परिणत गर्न हामीलाई नयाँ डाटा प्रणालीसँगै नयाँ संयन्त्रहरुको आवश्यकता हुनेछ । त्यस्ता नयाँ डाटा प्रणालीको विकास गर्नका लागि सरकार, व्यवसायी र नागरिक समाज समूहहरुले चारवटा फरक प्रयोजनहरुलाई प्रवद्र्धन गर्नुपर्दछ ।
पहिलो र सबैभन्दा महत्वपूर्ण भनेको सेवा प्रदान गर्नका लागि तथ्याङ्क हो । तथ्याङ्क क्रान्तिले सरकार र व्यवसायीहरुलाई सेवा प्रदान गर्न, भ्रष्टाचारसँग लड्न, लालफिताशाहीलाई रोक्न र यस अघिका पहँुच बाहिरका स्थानहरुमा पहुँचको प्रत्याभूति प्रदान गर्न नयाँ र निकै सुधारिएका उपायहरु उपलब्ध गराउँछ । सूचना प्रविधिले यसअघि नै स्वास्थ्य सेवा, शिक्षा, सुशासन, पूर्वाधार, बैङ्किङ, आपतकालीन प्रतिक्रिया र अन्य थुप्रैको वितरणमा क्रान्ति ल्याएको छ ।
दोस्रो प्रयोजन भनेको सार्वजनिक व्यावस्थापनका लागि डाटा हो । सरकारी अधिकारीहरुले अहिले सरकारी सुविधाहरु, यातायात सञ्जाल, आपतकालीन उद्धार कार्य, सार्वजनिक स्वास्थ्य सुपरीवेक्षण, हिंसात्मक अपराध र अन्य धेरैको वर्तमान अवस्थाको बारेमा अहिले वास्तविक समयमा आपूmलाई सुसूचित बनाउनसक्छन् । नागरिकको प्रतिक्रियाले पनि कामकाजमा सुधार ल्याउनसक्छ । जस्तो कि चालकहरुबाट भिडभाडयुक्त सडकको सूचना प्राप्त गर्नु । भौगोलिक सूचना प्रणाली (जीआइएस)ले दूर–दराजका स्थानीय सरकार र जिल्लाहरुमा वास्तविक समयको निगरानीका लागि अनुमति दिन्छ ।
तेस्रो प्रयोजन भनेको सरकार र व्यवसायीहरुको जवाफदेहीका लागि डाटा हो । कर्मचारीतन्त्रले दृष्टिकोणलाई काट्छन्, सेवा वितरणको अन्तराललाई लुकाउँछन्, कार्यसम्पादनको बढाइँचढाइँ गर्छन् अथवा खराब अवस्थामा त्यस्ता अवस्थाबाट उनीहरु सजिलै उम्कनसक्छन् भन्ने कुरा स्वयमसिद्ध हो । धेरै कारोबारहरु राम्रा छैनन् । आम जनता र सार्वजनिक तथा निजी सेवाका इच्छित प्राप्तकर्ताका लागि प्रमाणित डाटा सुलभ भएको सुनिश्चित् गर्न डाटा क्रान्तिले सहयोग गर्नसक्छ । तालिकाअनुसार सेवाहरु आएनन् भने सार्वजनिकरुपमा समस्याहरुलाई इङ्गित गर्न र सरकार तथा व्यवसायीहरुलाई जवाफदेही बनाउन डाटा प्रणाली सक्षम हुनेछ ।
अन्त्यमा, डाटा क्रान्तिले जनतालाई विश्वव्यापी लक्ष वास्तविकरुपमा प्राप्त भएको छ वा छैन भन्ने बारेमा थाहा पाउन सक्षम बनाउनुपर्दछ । सन् २००० मा स्थापना भएको सहस्राव्दी विकास लक्ष (एमडीजी) ले सन् २०१५ का लागि परिमाणात्मक लक्षहरु स्थापना गरेको थियो । तर हामी अहिले एमडीजीको अन्तिम वर्षमा भए पनि समय सुहाउँदो उच्च गुणस्तरको अभावले एमडीजीका निश्चित लक्षहरु हासिल भएका छन् वा छैनन् भन्ने जानकारीको हामीमा अभैm पनि सटीक अभाव छ । एमडीजीका केही सबैभन्दा महत्वपूर्ण लक्षहरु वर्षौँको अन्तरालमा आएका छन् । उदाहरणका लागि विश्व बैङ्कले सन् २०१० देखि गरिबीको विस्तृत तथ्याङ्क प्रकाशित गरेको छैन ।
डाटा क्रान्तिले लामो अन्तराललाई अन्त्य गर्नसक्छ र नाटकीयरुपमा डाटाको गुणस्तरलाई सुधार गर्नसक्छ । उदाहरणका लागि हरेक केही वर्षमा मृत्यु दरको गणना गर्न घरहरुको सर्वेक्षणमा भर पर्नुभन्दा मृत्युको कारणमा सूचनाको थप फाइदासँगै नागरिक दर्ता प्रणाली र महत्वपूर्ण तथ्याङ्कहरुले वास्तविक समयमा मृत्यु दरको तथ्याङ्क सङ्कलन गर्न सकिन्छ ।
त्यसैगरी कागजमा आधारित सर्वेक्षणलाई विस्थापित गर्न स्मार्टफोनहरुको प्रयोग गरेर अपेक्षाकृत कम लागतमा र आजको तुलनामा अत्यधिक दरमा गरिबी डाटा एकत्र गर्न सकिन्छ । केही विश्लेषकहरुले के भनेका छन् भने १० वर्षे अवधिमा केही पूर्वी अफ्रिकी मुलुमा मोबाइल फोनको प्रयोगले सर्वेक्षणको लागतलाई ६० प्रतिशतसम्मले कममा ल्याउन सकेको थियो । गलुप इन्टरनेसनलजस्ता निजी कम्पनीहरुले अधिक परम्परागत सार्वजनिक क्षेत्रका साङ्ख्यिकीय कार्यालयलाई डाटा सङ्कलनमा अधिक गति प्रदान गर्नसक्छन् ।
सेवा प्रदान, व्यवस्थापन, जवाफदेही र मान्यताका लागि डाटा क्रान्तिले सुअवसर प्रदान गर्दछ । विभिन्न तरिकाले सूचना सङ्कलन गर्ने प्रविधिहरुको बाक्लो पारिस्थिकीय प्रणालीले यस्तो सम्भव भएको हो । त्यस्ता तरिकामा टाढाको संवेदन र उपग्रह चित्रण, बायोमेट्रिक डाटा, जीआइएस खोजी कार्य, सुविधा आधारित डाटा, घरेलु सर्वेक्षण, सामाजिक मिडिय, भिडभाडयुक्त स्रोत र अन्य च्यानल रहेका छन् ।
एसडीजीलाई सहयोग पु¥याउन उच्च आवृत्तिमा सबै मुलुकहरुका लागि त्यस्तो डाटा सार्वजनिकरुपमा उपलब्ध हुनुपर्दछ । साथै यो प्रमुख लक्षहरुका लागि कम्तीमा एक वर्षभित्र सेवा वितरण अत्यावश्यक भएका क्षेत्रहरु (स्वास्थ्य, शिक्षा आदि) मा वास्तविक समयमा उपलब्ध हुनुपर्दछ । दूरसञ्चार, सामाजिक मार्केटिङ कम्पनी, सिस्टम डिजाइनर, सर्वेक्षण संस्था र अन्य सूचना प्रदायकजस्ता निजी कम्पनीहरु सबैलाई डाटा ‘पारिस्थिकीय प्रणाली’ मा एकीकृत गरिनुपर्दछ ।
नयाँ प्रतिवेदन तयारीमा एसडीजीका लागि डाटा क्रान्तिलाई कसरी सुरु गर्ने भन्नेबारेमा ‘आवश्यकता मूल्याङ्कन’ तयार पार्न एसडीएसएन थुप्रै साझेदार एजेन्सीसँग मिलेको छ । प्रतिवेदनले एउटा कार्ययोजना प्रस्तुत गर्नेछ जुन राष्ट्रिय साङ्ख्यिकीय प्रणाली र निजी सूचना कम्पनी तथा अन्य गैर सरकारी डाटा प्रदायकहरुको साझेदारीमा निर्माण हुन्छ । प्रतिवेदनले जोड दिएअनुसार कम आम्दानी र मध्यमस्तरमा आम्दानी गर्ने मुलुकहरुलाई यस्ता नयाँ डाटा प्रणालीको स्थापना गर्न वित्तीय सहयोगको आवश्यकता हुनेछ ।
विशेषगरेर विघटनकारी प्राविधिक परिवर्तनको यो युगमा लागत अनुमानहरु अल्पकालका लागि आवश्यक भएसँगै नयाँ अध्ययनले सबै ७७ वटा कम आम्दानी भएका मुलुकलाई समेट्न एसडीजीका लागि सही डाटा प्रणालीलाई कम्तीमा पनि प्रतिवर्ष एक अर्ब डलर आवश्यक हुनेछ । सो कुल रकममा करिब आधा आधिकारिक विकास सहायतामार्पmत लगानी गरिनुपर्दछ जसले वर्तमान दाताहरुको प्रवाहमाथि प्रतिवर्ष कम्तीमा २० करोड डलरको वृद्धिलाई संलग्न गराउँछ ।
अहिलेको समय भनेको लगानीको यस्तो वृद्धिको प्रतिबद्धताका लागि हो । जुलाई महिनामा आदिस अबाबामा इन्टरनेसनल फाइनान्स फर डेभलपमेन्ट कन्फरेन्समा विश्व एकत्रित हुनेछ र त्यसको ठीक दुई सातामा संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा सेप्टेम्बर महिनाको अन्त्यमा एसडजीलाई ग्रहण गर्न बैठक बस्नेछ । यी दुईवटा शिखर सम्मेलनअघि शीघ्र कार्यसँगै विश्व डाटा प्रणालीसँग एसडीजीको सुरुआत् गर्न तयार हुनेछ जसलाई तिनीहरुले सफल बनाउन आवश्यक छ ।
(लेखक दीगो विकास र स्वास्थ्य नीति तथा व्यवस्थापन विषयका प्राध्यापक हुनुहुन्छ । उहाँ कोलम्बिया विश्वविद्यालयको अर्थशास्त्र इन्स्टिच्यूटका निर्देशकसमेत हुनुहुन्छ । साथै उहाँ सहस्राव्दी विकास लक्षमा संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष सल्लाहकार पनि हुनुहुन्छ ।) प्रोजेक्ट सिन्डिकेट÷रासस । (अनुवादः दिलीप अधिकारी)