सघन सहरी तथा भवन निर्माण कार्यालय,ओखलढुङ्गामा कार्यरत इन्जिनियर अख्तियारको फन्दामा

सघन सहरी तथा भवन निर्माण  कार्यालय,ओखलढुङ्गामा कार्यरत इन्जिनियर अख्तियारको फन्दामा

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ २।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई ५ लाख ७० हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार साँझ भक्तपुरको ठिमीबाट नियन्त्रणमा लिएको छ ।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिई गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।

इन्जिनियर यादवलाई सेवाग्राहीबाट ५ लाख ७० हजार घुस रकमसहित भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा न १ लोकन्थलीबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।