रङ : लक्ष्मीप्रसाद पौडेल (लघुकथा )

रङ : लक्ष्मीप्रसाद पौडेल (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४ ।

‘आकाशनिलो छ ।’
‘आकाश सप्तरङ्गी छ । ऊ टाढा छ त्यसैले निलो देखिन्छ ।’
‘आकाशमा त्रकिन, सागर पनि निलो छ ।’
‘सागर गहिरो छ, पानी निलो देखेका छौं कहिल्यै ?’
‘दश कक्षामा विज्ञान सरले निलो थोले पानी निलो बनाएको बिर्सियौ ?’
‘त्यसो त पहिलो दिन तिमीले मेरो अनुहारै निलाम्मे बनाएका थियौं ! म पनि के निलो छु ?’
‘आज फागु पूर्णिमा, यसो रङ दलेर रङ्गयाउने हो कि माहौल ।’
‘कुन रङ दल्छौं ? सबै त फिक्का देखिन्छन् । खै कहाँ छ रातो, पहेंलो, निलो रङको रङ्ग ?
‘आकाशलाई जस्तै हेर न ! सागरमा जसरी डुब त ! देखिन्छ कि ?
माथितिर हेर्दै टोलाउँछे । ग्यासको मूल्यदुई हजार नाघ्दैछ । उसको खुट्टाको मोटर झिकेर साइकलमात्र रहेको
छ । भान्सामा झ्वाईय गर्दैन तेल,
आजकल । झ्यालमा हरियो शिशा जोडेकी छे । हरियो परियो खोज्नु परेको छैन । पेटभित्रको सुगर बढेर तीन सय नाघेको छ, बाहिरको सुगर आवश्यक छैन । भात खानहुन्न रे, चामलको भाउ सोध्नु परेको छैन । अझै, कताकता हेरोस् । आकाश र सागरको
रङ । स्कूल, क्याम्पस, अस्पताल सबै बेरङ थिए ।
‘किनजवाफआएन त ?’
‘रङ्गीन देखिनलाई रङ्ग पनि त हुनुपर्यो मनमा ।’

–“ मन रङ्गीन बनाउने हो, आफै हुँदैन प्यारी । “
‘ल आऊ, पहिले पेट रङ्गीन बनाऊ । गहुँको च्याख्ला र मसुरोको दाल भुटेकी छु ।
ऊ दाल हेर्छ, दालमा पहेंलो कम सेतो रङ बढी थियो ।
‘दाल अलि बाक्लो खान मिल्दैनथ्यो । डाक्टरले पातलो दाल भने जस्तो त लाग्दैनथ्यो ।’
‘डाक्टरलाई दोष नलगाऊ । तिम्रो खल्तीले भनेको, बिर्सियौ ?’
‘ए हो त, युक्रेन रुस लड्दैछन् । आर्थिक मन्दी छ देशमा ।’

युक्रेन रूस लडेर हो कि तिमी हामी जनता नलडेर हो ?आर्थिक मन्दी चाहिँ छ, देशमा ।
के को फागु पूर्णिमा? रङ किन्ने पैसा भएहलेदो किन्ने थियो, यो परिवारले । दाल त पहेंलो देखिन्थ्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।