काठमाडौं : पुनम घिमिरे (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
रत्नपार्क वरिपरि
बहुमुल्य रत्नहरु
हिरा मोतिहरु
देख्नु भो के ?
कयौं मोतिहरु हराएर बनेको हो काठमाडौं
च्यात्तिएर विश्वासको लुगाहरु
उदिनेर तातो झिरमा स्वप्नहरु
बेचेर स्वाभिमानहरु
हर्के हेरि बनेसँगै
ठडिएको हो मुटु नभएको काठमाडौं !
दौडि रहन्छ हर घडी हर पल
न बिस्राम छ, न फुर्सद नै
कहिले सपनासँग, कहिले आश्वासनसँग
नियतिअचम्मको छ
न आइ्या छ, न आथु नै छ कहिले
क्रुर जन्जिरमा छ, जकडिएको
आँखामाआँसु लुकाई
अञ्जुलीभरि खुसी दिन्छ !
पानी त, पानीहुन पर्ने
तर, रानीपोखरिको पानीमापनि
बिसक्त राजनीति, छताछुल्ल भएको छ
विभिन्न पार्टीका माछाहरु, मौका हेर्दै छन्
जलकृडा गर्न, उग्र छन्
मुटु खाई कलेजो फियो सिद्धाउन !
सिंहदरबार, सिंहनादगर्दै छ
स्याल, व्वाँसाका झुण्डहरुमा
विवेक हराएका
धन, मान, सम्मानको
कालो चस्मा लगाएका
हुल छन् छुल्याहा बहुलठ्ठिहरुको
न देख्छन् आमा रोएको
न छोरिको अस्मिताच्यातिएको
न भोकको आगोले घर जलेको
न अभावमा मरेको !
धरोहरको बोझले
काँध उठाउन नसकिझुकेको
उमेरै नपुगिचाउरि परेको गाला
निदारभरि समयले बनाएको रेखाबोकि
महंगो किरिम पाउडरमा सजिई
कृतिम हाँसो हासेको युवती सरि
निहुरि निहुरि आउने जानेलाई
बेग्रतापूर्वक निहाल्छ
धरहरा !
घण्टाघर मौन भै उभिएको छ, ठिङ्ग
समयको पदचापनियाल्दै
कान्तिपुरि नगरीदेखि
आज भ्रष्टहरूको
कष्ठपुरि नगरिसम्म
काचुलि फेरेर पनि, नदेखिएको
कन्चनकायानिहाल्दै
ऐना सरि जलाधिमा !
काठमाडौं तिमी मेरो सहृदयीहौ
तिमीलाई सतत् नमन छ
तिमी राम्रीको उपमाभन्दामाथि छौ
सुन्दरताको खानिहौँ
कुरुपबनाए, धुर्त पाखण्डीहरुले
तर तिनलाई नै विजयतिलकलगाई
आश्रय दिन्छौं, सहि दिन्छौं
मौन छौ, मौका दिन्छौं
किन कि
तिमी कल्याणी हौ
तिमी मेरो
उहीँकान्तिपुरी नगरी हौ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक