गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा गोपाल बराल सर्वसम्मत सिफारिस
कपन अनलाइन
काठमाडौं,बैशाख ११ । गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा गोपाल बराल सर्वसम्मत रुपमा सिफारिस भएका छन । बराललाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) गोकर्णेश्वर नगर कमिटिले सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।त्यसै गरि उप प्रमुख डोल्मा लामालाई सिफारिस गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य समेत रहेका गोपाल बराल तत्कालिन जोरपाटी गाबिसका अध्यक्ष समेत हुन । उनि अध्यक्ष हुँदा हालका काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राइ उपाध्यक्ष रहेका थिए । लामो समय नेकपा एमालेको विभिन्न कमिटीमा रहेर योगदान पुर्याएका बरालले नेकपा विभाजन भए संगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) रोजेका हुन । बराल नेकपा एकीकृत समाजवादी बाट सर्वसम्मत रुपमा नगर प्रमुखको लागि सिफारिस भए पनि सत्तागठबन्धन बाट को नगर प्रमुख हुने भन्ने विषयमा टुंगो लाग्न भने बाँकी नै छ । त्यसको लागि निरन्तर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।