चम्पादेवी वडा नं ९ अध्यक्ष : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २४ ।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै चम्पादेवी गाउँपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको सो वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ ।
१.सुजन पौडेल
नेपाली कांग्रेस चम्पादेवी गाउँ पालिकाका युवा नेता सुजन पौडेल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागे नेपाली कांग्रेसको तर्फ बाट चम्पादेवी गाउँपालिका वडा नं ९ को अध्यक्ष पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
नेपाल विद्यार्थी संघ ओखलढुंगाका सचिव समेत रहेका पौडेल राजनीति संगै विकास निर्माण र सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेका छन।
२. यम बहादुर पुडासैनी
नेपालका पुर्व रास्ट्रिय खेलाडी यम बहादुर पुडासैनी पनि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागे नेपाली कांग्रेसको तर्फ बाट चम्पादेवी गाउँपालिका वडा नं ९ को अध्यक्ष पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार संग मात्र १८ मतले वडा अध्यक्षमा पराजित भएका पुडासैनी राजनीति संगै विकास निर्माण र सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेका छन।
३. केदारराज पुडासैनी
नेपाली कांग्रेस चम्पादेवी गाउँपालिका वडा नं ९ का सभापति केदारराज पुडासैनी पनि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागे नेपाली कांग्रेसको तर्फ बाट चम्पादेवी गाउँपालिका वडा नं ९ को अध्यक्ष पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
लामो समय देखि राजनीतिमा सक्रिय रहेका पुडासैनी विकास निर्माण र सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेका छन।