बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा पाँच जना उम्मेदवार,कस्तो थियो मत परिणाम ?

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा पाँच जना उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन
काठमाडौं, फागुन १७ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्ष पदका लागि पाँच  जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचन आयोगको मत परिणाम अनुसार वडा नं १२ को अध्यक्षमा नेकपा एमालेका शम्भु भट्टराई १३८४ मत सहित विजयी बनेका थिए भने  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका होमनाथ तिमल्सिनाले १०२७ मत प्राप्त गरेका थिए।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रका माधव भट्टराईले ३३५ ,राप्रपाका अरुण कुमार अधिकारीले ४७ र नया शक्ति पार्टी नेपालकी सुमिता  श्रेष्ठले ३३ मत प्राप्त  गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।