एमाले क्षेत्र नं. ४ अधिवेशनः गुटगत संग्राममा सिमित ।

एमाले क्षेत्र नं. ४ अधिवेशनः गुटगत संग्राममा सिमित ।

कपन अनलाइन\चैत्र ३०

देशको  दोश्रो ठूलो पार्टी नेकपा एमालेको काठमाडौँ क्षेत्र नं. ४ यतिखेर अधिवेशनको पूर्वसंन्ध्यामा छ । अधिवेशनमय बनेको एमाले क्षेत्र नं. ४ यतिखेर पार्टीको गुटगत भागवण्डामा लथालिंग भएको देखिन्छ ।  अधिवेशनबाट को पदमा आउने भन्दा पनि पार्टी भित्रको कुन गुटले क्षेत्रमा पकड बनाउने भन्ने विषयमा आन्तरिक र वाह्य चलखेल तीव्र बनेको छ । चिनिएका सबै यस क्षेत्रका नेताहरू गुट-गुटको  प्रतिनिधित्व गरेर यति बहकिएको पाइन्छ कि कतिपयको बोलचालसम्म हुन छाडेको छ ।

 

पार्टीलाई ब्यालेन्स गरेर अगाडि बढाउन नसकेकोले कार्यकर्ता लेबलमा प्रतिनिधि परिषद सदस्य उद्धव खरेल सबैभन्दा बढि आलोचित भएका छन् । खरेललाई क्षेत्र नं.४ मा अरू कसैलाई गन्दै नगन्ने र  ठाउँ कुठाउँ अरुको आलोचनामात्र गर्ने भनेर आरोप लागिरहेको छ । त्यसैगरी क्षेत्र नं. ४ मा चिनिएका नेताहरू पार्टीको गुट संचालकको हैशियतमा सिमित भएका छन् जसले गर्दा अर्को गुटकाले परपार्टीको भन्दा तुच्छ व्यवहार गरिरहेको देखिन्छ । हाल क्षेत्र नं. ४ का अध्यक्ष कुसुमकुमार कार्की माधव नेपाल गुटको नेतृत्व गरिरहेका छन् भने उनलाई मिठाराम अधिकारी र चक्रबहादुर श्रेष्ठले सहयोग गरिरहेका छन् । त्यसैगरी पार्टीको ओली गुटको नेतृत्व लक्ष्मी संग्रौलाले गरिरहेका छन् । संग्रौलालाई टीका पराजुली, विनोद रिमाल, राजन पोखरेलले सहयोग गरिरहेका छन् ।

एमालेभित्रको गुटगत हैसियत हेर्ने हो भने क्षेत्र नं.  ४ ओलीको पकड भएको क्षेत्र मानिन्छ । प्रतिनिधि परिषद सदस्य उद्धव खरेल पनि ओली गुटकै भनेर चिनिन्छन् भने संगठित  सदस्यहरूमा समेत ओलीको प्रभाव राम्रो रहेको कपन अनलाइन श्रोतको दाबी छ । पार्टीभित्रको पूर्वशाखा कमिटी(गाउँ  कमिटीका) अध्यक्षहरूलाई स्वतः क्षेत्रमा ल्याउने प्रस्ताव विधानतः संकटमा परेको अवस्थामा नेकपा एमालेको  क्षेत्र नम्बर ४ को  अधिवेशन चलखेलमय बनेको छ । केही गुणस्तरीय एवम् ल्याउनै पर्ने व्यक्तिहरू अधिवेशनबाट जिम्मेवारीबिहिन हुने भएका छन् । यसरी भोलि पार्टीका धरोहर हुन सक्ने व्यक्ति जिम्मेवारविहिन हुँदा पार्टी संगठन गुटमयमात्र हुने देखिन्छ । एमाले क्षेत्र नं. ४ को अधिवेशन बैशाख १८ गते हुँदैछ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।