माओवादीसँगको भिडन्तमा सात प्रहरी मारिए, दश घाइते

माओवादीसँगको भिडन्तमा सात प्रहरी मारिए, दश घाइते

छत्तीसगढ, २९ चैत । भारतको छत्तीसगढको बस्तरमा माओवादीसँग भएको मुठमेढमा एक प्लाटुन कमाण्डरसहित सात प्रहरी मारिएका छन्।
घटनामा १० भन्दा बढी प्रहरी घाइते भएका छन् । प्रहरीले मृतक संख्या बढ्न सक्ने बताएको छ।

naxal_attack
नक्सल अपरेशन अतिरिक्त पुलिस महानिर्देशक आरके विजका अनुसार गत केही दिनदेखि प्रहरीले सुकमा जिल्लामा अलग अलग अपरेशन संचालन गरेको थियो । शनिबार एसटीएफका जवान अपरेशनपछि  फर्कने क्रममा घटना भएको हो । दोरनापालको पीडमेलमा माओवादी छापामारले प्रहरीमाथि आक्रमण गरेका थिए।
घटनापछि जिल्ला सदरमुकामबाट ठुलो संख्यामा घटनास्थलमा प्रहरी परिचालन गरिएको बताइएको छ। एजेन्सी

तपाइँको प्रतिक्रिया ।