गजल : गणेश नेपाली
कपन अनलाइन
काठमाण्डौ ,माघ २९।
जनता भोकभोकै पर्दा, कहाँ थियौ ब्वासाहरू
बलत्कार भै निर्मला मर्दा, कहाँ थियौ ब्वासाहरू
सर्वहारा जनता भन्दै, भुक्नेलाई प्रश्न हो यो
ऊखु किसानको आँशु झर्दा, कहाँ थियौ ब्वासाहरू
राष्ट्रियताको ढवाङ्ग फुक्दै, कुर्ची र पद खोज्ने हो
आफ्नै सीमामा पिल्लर सर्दा, कहाँ थियौ ब्वासाहरू
बाढी, पहिरो, भुकम्प, कोरोना, झेल्नेले सोध्छन आज
त्यतिका ठूलो संकट टर्दा, कहाँ थियौ ब्वासाहरू
गणतन्त्र सधै पेवा ठान्नेलाई, भन्दछ यो ‘गनु’ले
छिमेकीले नाकाबन्दी गर्दा, कहाँ थियौ ब्वासाहरू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।