गजल : नारायण गोदारे

गजल : नारायण गोदारे
कपन अनलाइन
काठमाण्डौ ,माघ २९।

तँ गीत गाउँछस्, म सुनि दिन्छु ।
हो प्रित लाउँछस्, म गुनि दिन्छु ।

ए ! प्रकृति ! म शर्व ज्ञाता त होइन ।
ओ मीत लाउँछश, म जुनि दिन्छु ।

तेरा कुराको शराशर शमर्थन गर्छु ।
जो शीत लाउँछश, म थुनी दिन्छु ।

शर्वत्रका रिति थितिमा स्वयं आर ।
ओ हित लाउँछस्, म चुनी दिन्छु ।

हाम्रो मिलनको सफल कामना ।
हो गीत गाउँछस्, म सुनी दिन्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।