कागेश्वरी मनोहरा नगरपालिकामा  आज  बाट कोरोना विरुद्धको बुस्टर डोज दिइने

कागेश्वरी मनोहरा नगरपालिकामा  आज  बाट कोरोना विरुद्धको बुस्टर डोज दिइने

कपन अनलाइन

काठमाडौँ, माघ १७ ।  कागेश्वरी मनोहरा नगरपालिकामा  आज  बाट कोरोना विरुद्धको बुस्टर डोज दिइने भएको छ ।नगरपालिकाद्धारा आइतबार जारी सुचना अनुसार कोभिशिल्ड खोपको पहिलो र दोश्रो मात्रा लगाइ ६ महिना पुरा भैसकेका जेष्ठ नागरिकलाई बुस्टर डोज लगाइने सार्वजनिक सुचना मार्फत  जानकारी गराएको छ   । यस्तै पहिलो र दोश्रो मात्रा नलगाएकाहरुलाई समेत सार्वजनिक बिदाको दिन बाहेकका दिनहरुमा कोभिशिल्ड खोप लगाइने भएको छ  ।

बुस्टर डोज लगाउन पहिलो र दोश्रो मात्रा लगाएको पूर्ण खोप कार्ड लिएर जानु पर्ने उल्लेख गरिएको छ  । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ को गागलफेदी स्वास्थ्य चौकी, वडा नं. २ को आलापोट स्वास्थ्य चौकी, वडा नं. ३ को भद्रबास स्वास्थ्य चौकी, वडा नं. ४ को शहरी स्वास्थ्य चौकी, वडा नं. ५ को डाँछी स्वास्थ्य चौकी, वडा नं. ६ को मुलपानी नगर अस्पताल, वडा नं. ७ को शहरी स्वास्थ्य चौकी, वडा नं. ८ को शहरी स्वास्थ्य चौकी र वडा नं. ९ मा रहेको गोठाटार स्वास्थ्य चौकी बाट  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप  लगाइने  उल्लेख गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।