यथार्थ : अप्सरा ढकाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
हे त्यो मनलाई चलाई चलाई जलाउनेहरु हो
उस्को मनलाई ओल्टाई पल्टाई जलाउँदै गर्दा
बरु तिम्रा हातहरु थाक्नेछन्, रापहरु सुक्नेछन
तर उ जल्नेवाला छैन, स्वार्थानुरुप चल्नेवाला छैन ।
हे आफुलाई नाटकको साचोमा ढाल्नेवालाहरु हो
एक पटक बिना साचो ऐना अगाडि उभिएर हेर
आडम्बर, स्वार्थले ओतप्रोत तिम्रा विम्व देख्नेछौ
अनि मात्र उन्को हरेक वास्तविक यथार्थ देख्नेछौ
निन्द्राबाट ब्युझिएर जिवन्त इतिहास लेख्नेछौ ।
हे मानव वस्ती भित्र दानव मस्तिष्क हुर्काउनेहरु
एक पटक आफ्नै अन्तर मनलाई सोधेर त हेर
तिमीहरुको खोक्रो अस्तित्वले ठाउँ पाउने छैन ।
तिमीले जलाएर तमासा हेर्न खोजेको त्यो मनमा
रापको तापमा पाकेर खारीनुको मज्जा बेग्लै छ
गोैरभान्वित आत्मा सन्तुष्टिको पाटो बेग्लै छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।