काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालको पद बहाली

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालको पद बहाली

कपन अनलाइन

काठमाण्डौ ,पौष ११।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड्यालले बहाली गरेका छन  । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन्  । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका थिए  ।

पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्चत गर्नु पर्ने बताए  । पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड्यालको भनाइ थियो ।

त्यस क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने बताएका छन  ।

२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेर  पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका  पौड्याल ले  स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गरिसकेका छन ।फोटो सौजन्य : काठमाण्डौ अनलाइन

तपाइँको प्रतिक्रिया ।