Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/12/269739902_3055639588036436_3743771297166131352_n-1024x746.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स तथा लियो क्लब अफ काठमाण्डौं डाँफे द्वारा न्यानो कपडा र शैक्षिक सामाग्री  वितरण

कपन अनलाइन

काठमाडौं,पौष ११।  जाडो याम सुरु भएसँगै स्कुले बालबालिकाका लागि धमाधम न्यानो कपडा वितरण हुन थालेका छन् । स्कुले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले न्यानो कपडा वितरण गरिरहेका छन् । सामाजिक तथा मानविय सेवामा सक्रिय  लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ  काठमाडौं डाँफे तथा लियो क्लब अफ काठमाण्डौं डाँफेद्वारा “न्यानो कपडा, शैक्षिक सामाग्री  एवं खेलकुद सामग्री वितरण कार्यक्रम” सम्पन्न गरेको छ ।

 शनिवार क्लबले  काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका  वडा नं. ९, रानाछाप स्थित श्री नवज्योती  आधारभूत बिद्यालयमा  शिशु कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत  ४० जना बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत स्वेटर, टोपि, स्कुल व्याग, जुत्ता, मोजा, कापी , कलम र खेलकुद सामग्रिहरु वितरण गरेको क्लबका प्रेसिडेन्ट बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए  । “सामुदायीक बिद्यालयको शैक्षिक उत्थानको लागि” आर्थिक सहयोग संकलन गर्ने उद्देश्य सहित देउसी भैलो खेलेर संकलित रकममा क्लबका सदस्यहरुले थप गरि उक्त सामग्री वितरण गरेको उनले  जानकारी गराए ।

चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने उदेश्य सहित क्लबले  जाडोको लागि न्यानो कपडा सहित शैक्षिक र खेलकुद सामग्री वितरण गरेको उनले जानकारी गराए ।कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर तथा मल्टिपल हङर रिलिफ चियरपर्सन  लायन कुमारराज सुवेदी, लायन महेश आचार्य,  लायन गोबिन्द काफ्ले  लगायत आयोजक संस्थाका पदाधिकारीहरु सहित बिध्यालयका शिक्षक बिद्यार्थी र अभिभावकहरुको  उपस्थिति रहेको थियो  ।

बिगतमा लायन्स क्लब अफ काठमाण्डौं डाँफेले २०७१ सालमा  देउसी भैलो बाट संकलित रकम सिन्धुली जिल्ला झाँगाझोली रातमाटा ५  कालिमाटी स्थित श्री विनायक नि माबी र मकवानपुर जिल्ला नामटार गाबिस १ बर्देउ स्थित श्री प्राथमिक बिध्यालयलाइ   शैक्षिक सामाग्री प्रदान गरेको थियो भने २०७४ सालमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपलिका १२ भीमटार स्थित श्री ढोटार प्राबी त्यसै गरि २०७५ सालमा मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं ९ महाभिर स्थित श्री भावना आधारभूत बिध्यालय, २०७६ सालमा काभ्रेपलान्चोक जिल्ला पांचखाल नगरपालिका २ दुवारेडीही स्थित श्री भक्रम देवी माबीलाइ ,२०७७ सालमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ६ नगरकोट स्थित श्री गडगेडे आधारभूत बिद्यालयको शैक्षिक उत्थानको लागि शैक्षिक सामग्रीको साथै जाडोको लागि न्यानो कपडा वितरण गरिसकेको  छ ।

 

तपाइँको प्रतिक्रिया ।