काठमाण्डौ क्षेत्र नं ३ बाट महाधिवेसन प्रतिनिधिमा पर्शुराम पोखरेलको उम्मेदवारी

काठमाण्डौ क्षेत्र नं ३ बाट महाधिवेसन प्रतिनिधिमा पर्शुराम पोखरेलको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३०।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ बाट महाधिवेसन प्रतिनिधिमा पर्शुराम पोखरेलको उम्मेदवारी दिने घोषणा गरेका छन।

२०३६ सालको जनमत संग्रहको समयमा सुन्दरीजल क्षेत्रको नेतृत्व गर्दै राजनीतिक जीवन शुरु गरेका पोखरेल २०५४ सालमा इकाई सभापति र २०६२ सालमा क्षेत्रीय सभापति बनेका थिए।

२०७६ सालमा “लोकतन्त्रतको लागी वीपीबाद” नारा सहित सुनसरी, बिराटनगर भारतको फारबिसगंज (यो ठाउमा नेपाली कांग्रेसले  २०२८ सालमा अपहरण गरेको हवाइजहाज अवतरण गरेको) सम्म करिब २०० जना भन्दा धेरै नेता कार्यकर्तालाई संग्रहालयको तर्फबाट लगी भ्रमण गराएका पोखरेलले २०६१ सालमा रोल्पा रूकुम सल्यान जाजरकोट जिल्लामा गई पार्टीको लोक जागरण अभियान समेत संचालन गरेका थिए।

२०४७ सालमा वी पी संग्रहालय पूर्बाधार समिती गठन गरी सुन्दरीजल जेल(सैनिक ब्यारेकलाई) संग्रहालयमा रूपान्तरण  गरेर संग्रहालय स्थापना गरेका पोखरेलले महाधिवेसन प्रतिनिधिमा निर्वाचित गर्नका लागि आग्रह समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।