बुढानिलकण्ठ नगरपालिकाका सल्लाहकारहरुको बिजोग,न हल्ला गर्न पाए न सल्लाह ..

बुढानिलकण्ठ नगरपालिकाका सल्लाहकारहरुको बिजोग,न हल्ला गर्न पाए न सल्लाह ..

कपन अनलाइन

काठमाण्डौ, कार्तिक ३०।

बुढानिलकण्ठ नगरपालिकाको काम र गतिविधिलाई निकै चुस्त र प्रभावकारी बनाउने भन्दै नियुक्त भएका सल्लाहकारहरुको अवस्था निकै बिजोग भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले निकै जोडबल गर्दै उत्कृस्ट भनेर बनाएको सो सल्लाहकार समिति चर्चित कथाको उँटमा परिणत भएपछी अहिले चिया गफ र चर्चाको विषय बनेको छ।

बुढानिलकण्ठ नगरपालिकाले विभीन्न क्षेत्र नै तोकेर सल्लाहकार तोकेर सुन्दर पुर्कुटी,मिठाराम अधिकारी ,रबिन अधिकारी,जयराम थापा,दुर्गा प्रसाद आचार्य,बिन्दा गौतम,अर्जुन पाण्डे,केदार त्रिपाठी,भरतराज पोखरेल र राधाकृष्ण भण्डारीलाई सल्लाहकारमा नियुक्त गरेको थियो।

नगरपालिकाको संचालन र योजना निर्माणका लागि नीति आयोग बन्ने चर्चा चलिरहेको समयमा एकाएक नियुक्त भएका सल्लाहकारहरुको यो कार्यकाल बने सुखद बन्न सकेन। १० जना मध्ये एक जना सुन्दर पुर्कुटी रास्ट्रीय दलित आयोगको सदस्य बनेका छन भने रबिन अधिकारी र दुर्गा प्रसाद आचार्यले राजिनामा दिएपनि सो स्वीकृत भएको आधिकारिक सुचना अहिले सम्म आएको छैन।

त्यस्तै बुढानिलकण्ठ क्षेत्र विकास समितीका पुर्व अध्यक्ष जयराम थापा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्य बन्दै स्थानीय सरकारको प्रतिपक्षी बनेका छन भने अन्य सल्लाहकारहरु पनि खासै सक्रिय देखिएका छैनन।

हालको अवस्थामा ६ जना सल्लाहकार औपचारिक रुपमा सक्रिय देखिए पनि उनीहरुको भूमिका र स्थान कार्यक्रमहरुमा आसन ग्रहण गर्ने बाहेक केहि नभएको नाम नलेख्ने सर्तमा एक सल्लाहकारले दुखेसो पोखेका छन।

औपचारिक रुपमा कार्यकाल सकिन १८० दिन बाकि रहेको समयमा नगरपालिकालाई शैदान्तिक र नीतिगत रुपमा मार्ग निर्देशन दिने सल्लाहकारहरुको भूमिका र काम नै के गर्ने भन्ने ? अन्यौलमा पर्दा यसले बहुआयामिक असर पारेको ति सल्लाहकारको टिप्पणी रहेको छ।

अहिले सम्म एक पटक सल्लाहकार समितिको बैठक नभएको र अमिलो अनुभव बोकेर विदा हुने अवस्था देखिएको  बताउदै अर्का एक सल्लाहकारले बाकि समयमा नगरवासीहरुको हितमा काम गर्ने प्रयास गर्ने धारणा राखेका छन।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।