Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/10/248405816_433407831717787_2235407828699760954_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/10/249897223_652171059104657_8664738745151967575_n-1024x575.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका धार्मिक समिति द्वारा आयोजित बैदिक कर्मकाण्ड प्रशिक्षण सम्पन्न

कपन अनलाइन

काठमाडौं कात्तिक १२  । गोकर्णेश्वर नगरपालिका धार्मिक समिति द्वारा आयोजित पन्च दिवसीय बैदिक कर्मकाण्ड प्रशिक्षण सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ को सभाहलमा कार्तिक ७ गते बाट शुरु भएको उक्त कार्यक्रमको समापन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी रहेका थिए भने बिशेष अतिथिको रुपमा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य,  प्रशिक्षक समेत रहेका प्राध्यापक डा. ऋषिराम पोखरेल लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।

समापन सत्रको अध्यक्षता  गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका सचिब  केदार बहादुर सुवेदीले गरेका थिए भने कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका अध्यक्ष दिवाकर भण्डारीले गरेका थिए ।  सैद्धान्तिकका साथै व्यावहारिक एवं प्रयोगात्मक कक्षा समेत समाबेश गरि संचालन गरिएको उक्त प्रशिक्षणमा  करिब ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो  ।

कर्मकाण्ड पेशामा एकरुपता र दक्षता हासिल गराउने उद्देश्य सहित आयोजित प्रशिक्षण कार्यक्रम समापन सत्रमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले  विधिपूर्वक कर्मकाण्ड हुनु पर्नेमा जोड दिंदै शास्त्रीय विधिपूर्वक गरिने कर्मकाण्डलाई स्थापित गर्न आग्रह गरेका थिए  । उनले समाजमा कर्मकाण्ड र धर्मसंस्कृति माथी चुनौति बढीरहेको सन्दर्भमा धर्मसंस्कृतिको संरक्षणमा धर्म गुरुहरुले विशेष भूमिका खेल्नु पर्ने बताए ।

 नगरपालिकाले धार्मिक समितिनै गठन गरेर बिभिन्न धार्मिक कार्यक्रम संचालन गरिरहेको बताउदै  धार्मिक भ्रमण  पुस्तक प्रकाशन तथा धार्मिक पुस्तकालय निर्माणको लागि पनि सहयोग गरेको बताएका थिए ।उनले आगमी दिनमा पनि नगरपालिकाले सहयोग गर्दै जाने बताएका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले  धर्म संस्कृतिले मानव जातिलाई सभ्य र चेतनशील हुन प्रेरणा दिईरहने भएकोले धर्म महाविज्ञान भएकोमा जोड दिंदै विवेकविहिनताले विज्ञानको सदुपयोग हुन नसक्ने बताए ।उनले प्रशिक्षण बाट प्राप्त ज्ञानलाइ व्यवहारमा लागु गर्न समेत अनुरोध गरेका थिए ।धर्म संस्कार संबैले सिक्नुपर्ने बिषय भएको बताए । संस्कार नहुदाँ देशमा विभिन्न बेतिथिहरु देखा परेको उनको भनाई रहेको  थियो ।

५ दिन सम्म चलेको  प्रशिक्षणमा धर्म, संस्कृति र कर्मकाण्डका विभिन्न विषयमा प्रा.डा आनन्द घिमिरे, डा.वाशुदेव कृष्ण शास्त्री, प्रा.डा. रामचन्द्र गौतम, प्रा.डा. ऋषिराम पोखरेल, प्रा.कोषराज न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए  । कार्यक्रममा शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य , प्रा.डा. ऋषिराम पोखरेल,श्रीराम अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।