एमसीसी विरुद्ध साँखुमा राप्रपाको मसाल जुलुस
कपन अनलाइन
काठमाडौं भाद्र ३० ।मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध साँखुमा मसाल जुलुस प्रदर्शन गरिएको छ राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनताको रक्षाको लागि राष्ट्रघाती एमसीसी पास गर्न नहुने भन्दै आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी रा प्र पा शंखरापुर को नेतृत्वमा मसाल जुलुस हित साँखु बजार परिक्रमा संगै धुलाटोलमा कोण सभा गरिएको थियो।
राप्रपाका केन्द्रिय सदस्य मिजेन्द्रकाजी श्रेष्ठको नेतृत्वमा भएको सो कार्यक्रमलाइ सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य मिजेन्द्रकाजी श्रेष्ठले एमसीसी परियोजना कुनैपनि हालतमा स्विकार्य नरहेको बताउँदै अमेरिकी सेना नेपालमा हुल्ने खालको एमसीसी परियोजना राप्रपालाई स्विकार्य नभएको बताएका थिए ।यो परियोजनाको केन्द्रविन्दु शंखरापुर नगरपालिकाका वडा पनि रहेको बताउँदै अहिले नै सचेत भएन भने पछिका पीढिले आफूहरुलाई सराप्ने बताएका थिए ।
देशमा विदेशी लम्पसारबादी शक्ति भित्रयाउन सघिय लोकतान्त्रीक गणतन्त्र नल्याएको बताउदै उनले कुनै देशसगँ भिक मागेर आफनो देशको विकास कदापि हुन नसक्ने दाबी गरे । कार्यक्रममा क्षेत्रिय अध्यक्ष राजु विष्ट, शंखरापुर नगर कमिटीका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, शंखरापुर नगरपालिकाका वडा अध्यक्षहरु विष्णुप्रसाद श्रेष्ठ र राधाकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
फोटो : लावान्य संदेश