नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ इकाई सभापतिमा दिवाकर पुडासैनीको दाबी

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ इकाई सभापतिमा दिवाकर पुडासैनीको दाबी

कपन अनलाइन

काठमाडौँ, भाद्र ३०। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि उम्मेदवारी घोषणाको लहर नै चलेको छ । लामो समयदेखि पार्टीमा रहेर सक्रियता देखाएका नेताले नेतृत्व लिन पाए हुन्थ्यो भन्ने चाहना गर्दै आएका छन् ।काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिबिधिहरु तीव्ररूपमा चलिरहेको छ ।अन्य जिल्लामा महाअधिवेशन चलिरहदा काठमाडौं लगायतका अन्य जिल्लामा भने महाधिवेशनको मिति टुंगो नलागे पनि यति बेला काठमाडौं जिल्लामा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशन केन्द्रित हुन थालेका छन् ।

काठमाडौं क्षेत्र नं ३मा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन ।त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ काठमाडौं महानगरपालिका ६ नं. बौद्ध इकाई सभापतिमा दिवाकर पुडासैनीले उम्मेदवारी दिने भएका छन् । पुडासैनीले कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै  इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय  पुडासैनी इकाई कोषाध्यक्ष समेत हुन । आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने  पुडासैनीले इकाईमा कोषाध्यक्षको रुपमा गरेको कार्य अनुभवका आधारमा आफूले इकाई सभापतिमा उम्मेदवारी दिन लागेको  बताएका छन् ।कांग्रेसलाई गुटबन्दी रहित स्वच्छ, सबल र एकढिक्का बनाई विपीको सिद्धान्तमा आधारित एक बलियो पार्टीको रुपमा स्थापित गर्न सबैले आफुलाई सहयोग गर्नेमा बिश्वास ब्यक्त गर्दै एक व्यक्ति एक पदको धारणालाई अगाडि  सारेको बताए ।

 उनले कांग्रेसका क्रियाशील एबम सुभेच्छुकहरु संग सहकार्य गर्दै संगठनलाइ अझ सशक्त र बलियो बनाउन, एक व्यक्ति एक पदको सिद्धान्तलाई कडाईका साथ पालना गराउन गुट भन्दा माथि उठेर संगठन निर्माण गर्न ,विभेद र निषेधको राजनीति अन्त्य गर्न  पनि आफुले इकाई सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी गराए  । उनले नेपाली कांग्रेसका क्रियाशिल, स्थानीय नेता कार्यकर्ता, अग्रजसँग भेटघाट, छलफल गरी सभापतिमा उम्मेदवारी दिन लागेको र त्यसमा सबैले सहयोग गर्ने सकारात्मक प्रतिबद्धता जनाएको जानकारी गराएका  छन  ।काङ्ग्रेस र गैर काङ्ग्रेसमा पनि उत्तिकै लोकप्रियता कमाएका बि.पि.को विचारबाट प्रभावित भइ २०५२ सालमा  शंकरदेव क्याम्पसबाट राजनीतिक यात्रा अगाडी बढाएका पुडासैनी १२ औं महाअधिवेशनमा बुथ सभापति भएका थिए भने १३औं महाधिवेशनबाट इकाई कोषाध्यक्षको जिम्बेवारी निर्वाह गर्दै आएका छन । उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन ।

उनले आफू इकाई सभापति भएपछि पार्टीमा देखिएको आन्तरिक द्धन्द्ध मिलाउने, पार्टीलाई सबैको साझा हो भनेर एकताको भावनाको विकास गर्ने, पार्टीलाई देश विकास र सामाजिक कार्यमा सक्रिय गराउने, पार्टीप्रति आकर्षण ल्याउने लगायतका योजना बनाएको बताउछन। युवाहरुलाई राजनितिमा अवसर दिदैँ उच्च राजनतिक संस्कारको विकास गर्ने उद्देश्यले उम्मेद्वारी दिने घोषणा गरेको समेत  बताएका छन ।राष्ट्रियता, लोकतन्त्र र समाजवादी व्यवस्थालाई संस्थागत गर्ने प्रतिबद्धता सहित युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीलाई मजबुत र गतिशिल बनाइ विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।