ओलीको छातिमा इन्फेक्सन,स्थायी समिति बैठक स्थगित
काठमाडौँ, २६ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छातीमा इन्फेक्सन भएपछि एमाले स्थायी समिति बैठक स्थगित भएको छ।
ओलीले चिकित्सकको सल्लाहमा केही दिनदेखिन निवासमै आराम गरिरहेका छन्। स्वास्थ्यमा समस्या भएकाले अध्यक्ष ओली प्रमुख राजनीतिक दलसँगको बैठकमा पनि सहभागि हुन सकेका छैनन्। मंगलबार हुने भनिएको स्थायी समितिको बैठक ओलीको छातिमा इन्फेक्सन भएर बोल्नै गारो भएपछि रोकिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
एक बजे बालकोटमा बैठक बसेर बागलुङको लागि उम्मेदवार तय गर्ने कार्यक्रम राखिएको भएपनि अध्यक्ष अस्वस्थ भएपछि भोलि या पर्सी बस्ने गरी बैठक स्थगित गरीएको नेताहरुले बताएका छन्। छातीमा इन्फेक्सन भएर उनी बोल्नै नसक्ने अवस्थामा भएकाले चिकित्सकको सल्लाह अनुसार उनले घरमै आराम गरिरहेका छन् ।
तपाइँको प्रतिक्रिया ।