लगातार पाँचौ खेल जित्दै भारत समूह विजेता

लगातार पाँचौ खेल जित्दै भारत समूह विजेता

काठमाडौं, फागुन २६ – (अपडेट) भारत जारी विश्वकप क्रिकेटमा समूह बीको विजेता बनेको छ । यसअघि नै क्वाटर फाइनलमा पुगिसकेको भारत मंगलबार भएको खेलमा आयरल्याण्डलाई ८ विकेटको हराउँदै समूह विजेता बनेको हो ।

Shikhar-Dhawan

जितका लाग पाएको २ सय ६० रनको लक्ष्य भारतले खेल सकिन ७९ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर भेट्टायो । भारतलाई जिताउन शिखर धवनले शतक पुरा गरे । रोहित शर्मा ६४ रनमा आउट भए । नट आउट रहेका विराट कोहलीले ४४ र अजेन्क्या रहानले ३३ रन बनाए ।

सेडन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ४९ ओभरमा २ सय ५९ रनमा सीमित भएको थियो । उसका लागि नेल ओब्रियनले सर्वाधिक ७५ रन बनाए भने विलियम पोर्टरफिल्डले ६७ तथा पौल स्टिरलिङले ४२ रन बनाए । उसका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका मोहम्मद सामीले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।

हारपछि पनि आयरल्याण्डको क्वाटर फाइनल पुग्ने संभावना अझै कायम छ । भारतले अब जिम्बाबेसँग र आयरल्याण्डले पाकिस्तानसँग खेल्न बाँकी छ ।

तपाइँको प्रतिक्रिया ।