नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिका लागि राजाराम बुढाथोकीले तयारी तीव्र बनाए
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १७।
नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिका लागि राजाराम बुढाथोकीले तयारी तीव्र बनाएका छन। १४ औ महाधिवेसनको मिति नजिकिदै गर्दा नगर सभापतिमा उठ्ने घोषणा गरेका बुढाथोकीले अहिले भेटघाट र छलफललाई निकै तीव्र बनाएका छन ।
पद भन्दा प्रणाली व्यवस्थित गर्न आफ्नो उम्मेदवारी हुने बताउदै आएका बुढाथोकी अहिले तल्लो तह र माथिका नेताहरु संग सघन छलफलमा रहेका छन भने निर्वाचनमा पदमुखी प्रवृति हावी हुँदा नराम्रो पराजय भोगेको आफुले गम्भीर मनन गरेको भन्दै अवका दिनमा योगदान र त्यागको सम्मान गर्ने प्रणालीको विकास गर्न लाग्ने भन्दै मत मागिरहेका छन।
नेपाली कांग्रेस साविक कपन गाविस इकाई सभापति र नेपाली कांग्रेसको तर्फ बाट बुढानिलकण्ठ नगरपालिकामा पार्टी प्रतिनिधि समेत रहेका बुढाथोकीले आन्तरिक संगठन व्यवस्थापन र प्राविधिक पक्षको तयारी प्रभावकारी गर्न सकेमा आउदो निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै आएका छन।