नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ इकाई सभापतिमा नवराज खनाल (विक्रम ) को दावी बलियो
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६ ।
नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ को इकाई सभापतिमा नवराज खनाल ( विक्रम ) को सम्भावना बलियो बनेको चर्चा चलेको छ । वडा अधिवेशन आउन दुई दिन बाकि रहदा वडा नं १२ को इकाई सभापतिमा खनालको दावी बलियो बन्दै गएको चर्चा चलेको हो।
वडा अधिवेसनलाई सर्वसम्मत बनाउने हालका सभापति नवराज तिमल्सिनाको प्रयास जारी रहेको अवस्थामा खनालको नाउँमा सहमति हुन् सक्ने सम्भावना रहेको एक सदस्यले बताएका छन ।
२०७४ शालको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को सदस्य पदका उम्मेदवार खनाल साविक कपन गाविस इकाई समितिको कोषाध्यक्ष रहेका थिए।
हाल वडा नं १२ को इकाई उपसभापति रहेका खनालले वडाको संगठन निर्माण र विस्तार गर्दै आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई बिजयी गराउन आफ्नो उम्मेदवारी रहेको बताएका छन।
जीपी फाउन्डेसन काठमाण्डौ ४ (ख ) का उपसंयोजक समेत रहेका खनाल साविक कपन गाविसको तरुण दल अध्यक्षका रुपमा पनि सक्रिय रहेका थिए।