नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाण्डौ क्षेत्र नं ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न
कपन अनलाइन
काठमाडौं, भाद्र ६।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) काठमाण्डौं क्षेत्र नं ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी भाद्र २६ र २७ गते हुने विधान अधिवेसनमा प्रस्तावित विधान मस्यौदामा सुझाव संकलनलाई प्राथमिकता दिइएको सो भेलामा आगामी निर्वाचन केन्द्रित छलफल पनि गरिएको थियो ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलकाे प्रमूख आथित्यता र काठमाण्डौं जिल्ला कमिटी सचिव तथा क्षेत्रिय संयोजक दीपक निरौलाको अध्यक्षतामा भएको भेलामा बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल ,टोखा नगर प्रमुख प्रकास अधिकारी , जिल्ला कमिटी सदस्यहरु,नगर कमिटी अध्यक्षहरु,नगर कमिटी इन्चार्ज तथा शाखा कमिटी संयोजक साथै वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो।
मोर्गन इन्टरनेसनल कलेज बसुन्धरामा भएको सो भेलामा बोल्दै महासचिव पोखरेलले पार्टी एकता गर्न लागिपर्दा पनि सफल हुन नसकेको बताउदै आउँदो महाधिवेशन र स्थानिय निकायको चुनावलाई लक्षित गरी कार्यकर्ताहरुले सहज ढंगले पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।
त्यस्तै केन्द्रीय सदस्य तथा काठमाण्डौ सह इन्चार्ज नारायण सिलवालले नेकपा एमालेका भातृ सङ्गठन हरुलाई मजबुज बनाउँनु पर्नेमा जोड दिँदै स्थानिय तहमा चुनावी कार्यमा सहज हुने वातावरण सिर्जना गर्न गम्भीर भएर लाग्नुपर्ने बताएका थिए।
उक्त भेलाका अध्यक्ष दीपक निरौलाले पार्टी गतिविधिहरुलाई संचालन गर्न कुनै किसिमको समस्या नआउँने गरी नेकपा एमालेका भातृ संगठन गठन , नयाँ सदस्यता वितरण , नवीकरण र लेविको बारेमा केन्द्रको निर्णय अनुसार सबै पार्टी गतिविधि संचालन गर्न ध्यानाकर्षण गराएका थिए। फोटो :गंगालाल महर्जन