Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240452501_203406888501603_1441825690216938939_n-e1629593702324.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/239852534_4158650237593945_8342156708917987233_n-e1629593519428.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका ५ नं इकाईको बृहत क्रियाशिल भेला सम्पन्न

कपन अनलाइन 

काठमाडौं, भाद्र ६ ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३  गोकर्णेश्वर नगरपालिका ५  नं. इकाईको बृहत क्रियाशिल भेला सम्पन्न भएको छ। शनिबार  जोरपाटीको पिस ब्यान्केटमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा नेपाली कांग्रेस क्षेत्र नं. ३ प्रदेश क का सभापति सत्यभामा श्रेष्ठ, साविक जोरपाटी गा.वि.स.का सभापति कुमार राज सुवेदी युवा नेता लाल बहादुर लामा ,नेपाल महिला संघ गोकर्णेश्वर नगरसमितिका सभापति लिलादेवि भट्टराई,आदीवासी जनजाती संघका साम्देन लामा, नेपाल दलित संघका क्षेत्रीय सभापति कमला नेपाली महाधिवेशन प्रतिनिधि दुर्गा बराल लगायत  क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस गो.न.पा. ५ नं. इकाई सभापति नारायण बहादुर सुवेदीले गरेका थिए भने कार्यक्रम संचालन इकाई सचिब केशव प्रसाद पुडासैनीले गरेका थिए ।

कार्यक्रममा   प्रमुख अतिथिको रुपमा बोल्दै गमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले नेपाली कांग्रेस गोकर्णेश्वर ५ नं. इकाइ उदाहरणीय बन्नु पर्नेमा जोड दिएका छन् । उनले जोरपाटी गोकर्णेश्वर नगरपालिकाको केन्द्र रहेको र गोकर्णेश्वरले काठमाडौं क्षेत्र नं. ३ मा महत्वपूर्ण राजनीतिक भूमिका खेल्ने भएकोले ५ नं. इकाइ उदाहरणीय बन्नु पर्नेमा जोड दिएका थिए  ।उनले पार्टीलाई एकताबद्ध बनाएर जनतालाई जोड्दै स्थानीय विकासमा अगाडी बढ्न सके नेपाली कांग्रेसको भविष्य राम्रो देखिएकोमा जोड दिंदै आपसी असहमतिका विषयमा घनिभूत छलफल गरी सार्थक निष्कर्षमा पुग्नै पर्ने आवश्यकता औंल्याए । विपक्षिले फाईदा उठाउने गरी विवादका विषयमा अनावश्यक चर्चा नगर्न आग्रह गर्दै लामाले पार्टीलाई आगामी दिनमा बलियो बनाउन भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।भेलालाई सम्बोधन गर्दै युवा नेता लाल बहादुर लामाले अधिवेशनबाट जनताको पक्षमा, इमान्दारितापूर्वक जनताको माझमा गएर काम गर्न सक्ने, क्रियाशिललाई मिलाएर अगाडी बढ्ने इकाई सभापति छान्न सुझाव दिएका छन ।

 

नेपाली कांग्रेस क्षेत्र नं. ३ प्रदेश क का सभापति सत्यभामा श्रेष्ठले स्थानीय क्षेत्रमा रहेको असहमति शिष्ट रुपमा हल गरी पार्टीलाई बलियो बनाएर लैजान आवश्यक रहेकोमा जोड दिंदै आगामी चुनावमा पार्टीलाई बलियो बनाउन सबैले एक्यबद्ध भएर काम गर्नु पर्ने बताईन् ।साविक जोरपाटी गा.वि.स.का सभापति कुमार राज सुवेदीले संगठनलाई एकढिक्का गरेर बलियो बनाउने र ५ नं. इकाईबाट क्षेत्रको नेतृत्व गर्न सक्ने युवा नेतृत्वको खाँचो औंल्याउँदै क्षेत्र नं. ३ मा ५ नं. इकाईको महत्व स्थापित गर्न सबै मिलेर अगाडी बढ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले १४ औं अधिवेशन सफल बनाउँदै पार्टीलाई बलियो बनाउन आग्रह  गरेका थिए ।अध्यक्षताको आसन  बाट बोल्दै नेपाली कांग्रेस गो.न.पा. ५ नं. इकाई सभापति नारायण बहादुर सुवेदीले सबै पक्षका गुनासाहरु सम्बोधन गर्दै समस्याको हल हुने गरी इकाईमा सबल र सक्षम नेतृत्व ल्याउन सके नेपाली कांग्रेस पाटी बलियो हुनुका साथै ५ नं. को विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए  । सुवेदीले आसन्न चुनावलाई लक्षित गरी पार्टीपंक्ति एकढिक्का भएर अगाडी बढ्न आवश्यक रहेको समेत बताउदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।