अखिल नेपाल किसान महासंघको आसन्न छैटौं महासम्मेल जेष्ठ २८,२९ र ३० गते काठमाडौँमा हुने

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको आसन्न छैटौं महासम्मेल आउदो जेष्ठ  २८,२९ र ३० गते  काठमाडौँमा गर्ने भएको छ  । महासंघको  केन्द्रिय कार्यालय बल्खुमा वामदेव गौतमको अध्यक्षतमा बसेको बैठकले उक्क्त  निर्णय गरेको हो ।

 

6eacc0dd7d193f601bac91b631c7e894

महासंघले   फागुन २७, २८ र २९ गते चितवनमा हुने भनिएको छैठौँ सम्मेलन अन्तिम समयमा आएर  मिति परिवर्तन  गरेको हो । वर्तमान समयमा संविधान सभामा उत्पन्न जटिलता र महासम्मेलनको आवश्यक तयारी गर्नकोलागि थप समय आवश्यक भएकोविषय   छलफलमा  महत्वकासाथ उठेको हुँदा मिति सारिएको केन्द्रिय प्रचार – प्रसार विभाग  सचिव विश्वमणि सुवेदीले कपन अनलाइन लाइ  बताए  ।

तपाइँको प्रतिक्रिया ।