बुढानिलकण्ठ -१० मा रास्ट्रिय युवा संघ नेपालको ७१ सदस्यीय वडा कमिटी घोषणा

बुढानिलकण्ठ -१० मा रास्ट्रिय युवा संघ नेपालको ७१ सदस्यीय वडा कमिटी घोषणा

कपन अनलाइन

काठमाण्डौ,साउन ३०।

बुढानिलकण्ठ -१० मा रास्ट्रिय युवा संघ नेपालको ७१ सदस्यीय वडा कमिटी घोषणा गरिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको भेलाले राजन श्रेष्ठको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को मिलनचोक पार्टी भेन्युमा आयोजना गरिएको भेलामा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई,काठमाण्डौ जिल्ला कमिटी सदस्यहरु संगम गहतराज ,मिठाराम अधिकारी,विदुर विक्रम खड्का,लक्ष्मी संग्रौला,युवा संघ नेपालका नेताहरु प्रकास गौतम ,रामजी सापकोटा, नगर प्रवक्ता तथा युवा इन्चार्ज नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी , वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,काठमाण्डौ क्षेत्र नं ४ का उत्प्रेरक जय गुरुङ लगायत अतिथि रहेका थिए।

नेकपा एमाले बुढानिलकण्ठ -१० का अध्यक्ष जगत निरौलाको अध्यक्षतामा भएको  सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. भट्टराईले समाज परिवर्तन र रास्त निर्माणका युवाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै नेकपा एमालेको राजनीतिक  यात्रामा सहयात्री बनेकोमा सबैलाई स्वागत गर्दै धन्यवाद दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा कमिटीहरु पुनर्गठनलाई तीव्रता दिएको बताउदै नगर कमिटीका संयोजक कर्ण लामाले चाडै नगर स्तरीय भेला बाट रास्ट्रिय युवा संघ नेपालको नगर कमिटी घोषणा गरिने जानकारी दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।