कोरोना विरुद्ध जना चेतना जगाउदै काठमाण्डौ -८ सांसद जीवनराम श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ,साउन ३०।
प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ८ को कामपा १५ वडा छाउनी गणेश मन्दिर, प्रगति मुख मार्ग, छाउनी किमडोल मार्ग, छाउनी गल्ली मार्ग र बाहिति एरियामा कोभिडको महामारीबाट बच्न जनचेतना अभियान सन्चालन गरेका छन ।
उक्त अवसरमा श्रेष्ठले माक्स, हातधुने साबुन र चेतनामुलक क्यालेन्डर घरघरमा बितरण गर्नु हुदै कोभिड-१९ पोजिटिभ भएकोलाई बस्न आनन्दकुटी आईसोलेशन केन्द्र स्वयम्भुमा निशुल्क सन्चालनमा रहेको समेत जानकारी गराएका थिए ।
उक्त अवसरमा कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, कामपा १५ वडाका सदस्यहरु मैयाँ लक्ष्मी महर्जन र स्थानीय राजु महर्जन, बिष्णु जोशी लगायतका उपस्थिति रहेकोे थियोे ।
तपाइँको प्रतिक्रिया ।