गोकर्णेश्वरमा आइतबार १ हजार ८ जनाले कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाए
कपन अनलाइन
काठमाडौँ, श्रावण २५ । गोकर्णेश्वर नगरपालिकामा श्रावण २४ गते आइतबार १ हजार ८ जनाले कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएका छन । नगरपलिकाले खोप लगाउन सहज होस् भनेर ६ वटा खोप केन्द्र संचालनमा ल्याए पनि नगरपालिकालाइ उपलब्ध खोपको सिमितता तथा सेवाग्राहीको चापका आधारमा २०७८ साल श्रावण २४ गते एक दिन २ वटा खोप केन्द्र सहयोगी माबी र चामुण्डा माबी खोप केन्द्र बाट खोप सेवा प्रवाह गरेको थियो ।आइतबार उक्त केन्द्र बाट ४ सय ७७ जना पुरुष र ५३१जना महिला गरि कुल १ हजार ८ जनाले कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।नगरपालिकामा ६५० थान भायल प्राप्त भएको जसमा ५०४ वटा भायल प्रयोग भइ २३२ भायल फिर्ता गएको पनि जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।