शंखरापुरमा तुल्सीनारायण श्रेष्ठको अध्यक्षतामा आदिवासी नेवाः जागरण अभियान चुगां समिति गठन

शंखरापुरमा  तुल्सीनारायण श्रेष्ठको अध्यक्षतामा आदिवासी नेवाः जागरण अभियान चुगां समिति गठन

कपन अनलाइन

काठमाडौँ, श्रावण २५ । शंखरापुर नगरपालिमा तुल्सीनारायण श्रेष्ठको अध्यक्षतामा आदिवासी नेवाः जागरण अभियान चुगां समिति गठन गरिएको  छ । शंखरापुर नगरपालिका वडा नं ९ सानागाउमा भएको भेलाले तुल्सीनारायण श्रेष्ठको अध्यक्षतामा आदिवासी नेवाः जागरण अभियान चुगां समिति गठन गरेको हो  ।सो भेलामा राज्यले यहाँ बनाउन लागेको नयाँ शहरको नाममा विकास भन्दै नेवाःहरुलाई विस्थापित गर्न लागेको, सो क्षेत्रको संस्कृति, नेवाः भूमि, नेवाः भाषा, लिपि साथै सभ्यता बचाउनका लागि नेवाःहरु संगठित हुनुपर्ने ठहर गर्दै आदिवासी नेवाः जागरण अभियान चुगां समिति निर्माण गरिएको हो ।

सानागाउँका तुल्सीनारायण श्रेष्ठको संयोजकत्वमा गठन भएको सो समितिको सदस्यहरुमा रसुतम श्रेष्ठ, उमेश श्रेष्ठ, फुलप्रसाद श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सोमप्रसाद श्रेष्ठ, गोविन्दलाल श्रेष्ठ, प्रभुराम श्रेष्ठ, अष्टलाल श्रेष्ठ, माधव श्रेष्ठ र मनिष श्रेष्ठ  रहेका छन् ।भेलामा बालचन्द्र श्रेष्ठ, सुरज महर्जन, ई. राजदास श्रेष्ठ, राजाराम तण्डुकार, राजिव श्रेष्ठ र श्रीकृष्ण महर्जन लगायतले आदिवासी नेवाःहरुको हकहित बारेमा आ–आफ्नो विचार राखेका थिए । शंखरापुर नगरपालिका भित्र पर्ने आदिवासी नेवाहरुको मौलिक वस्ती हो चुगां अर्थात् सानागाउँ ।

फोटो सौजन्य : लावन्य संदेश

तपाइँको प्रतिक्रिया ।