काठमाडौँ पूर्वी क्षेत्रीय शहरी विकास आयोजनाका बारेमा पारदर्शीरूपमा जानकारी गराउन स्थानीयवासीको माग

काठमाडौँ पूर्वी क्षेत्रीय शहरी विकास आयोजनाका बारेमा पारदर्शीरूपमा जानकारी गराउन स्थानीयवासीको माग

कपन अनलाइन

काठमाडौँ, श्रावण २५ ।  काठमाडौँ पूर्वी क्षेत्रीय शहरी विकास आयोजनाले गर्न लागेको जग्गा विकास आयोजनाका बारेमा पारदर्शीरूपमा जानकारी गराउन स्थानीयवासीले माग गरेका छन् ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिका वडा नं १, २ र ३ एवं शङ्खरापुर नगरपालिका वडा नं ९ को करिब २६ हजार रोपनी जग्गा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी रोक्का राखेकामा स्पष्ट गर्न स्थानीयवासीले माग गरेका हुन् ।आयोजनाले उल्लेखित वडाको करिब २६ हजार रोपनी जग्गा दुई वर्षका लागि आठ आनाभन्दा कम टुक्रा गर्न नपाउने र कुनै पनि भौतिक संरचाना निर्माण गर्न नपाउने गरी रोक्का गरेको सूचना प्रकाशित गरेको थियो ।

शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत रहने गरी तीन नगरपालिकाले आयोजना स्थापना गरेकामा स्थानीयवासीलाई पर्याप्त जानकारी नभएको भन्दै स्पष्ट गर्न माग गर्न नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का सहितको टोलीले आइतबार आयोजनाका अध्यक्ष समेत रहेका कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापालाइ  लिखित सुझाब सहित माग पत्र बुझाएको छ   ।

माग पात्र बुझाउने क्रममा जग्गा रोक्का गर्नुको कारण, शहर विकास गर्दा जग्गा धनीले कति जग्गा योगदान गर्ने ?, आयोजनाको लागत सुनिश्चितता, आयोजनाको समयसीमा, जग्गा धनीले मेरो जग्गा दिन्छु वा दिन्न भन्न पाउँछ कि पाउदैन ?, आयोजनाबाट जग्गा धनीलाई हुने फाइदा र बेफाइदा के हो ? लगायत यावत विषयमा  समेत छलफल गरिएको   थियो ।नगरपालिका प्रमुख कृष्णहरि थापाले छलफलको क्रममा  जग्गा धनि बाट प्राप्त लिखित सुझाब सहित माग पत्रलाइ आयोजनाको आगामी  आगामी बैठकमा छलफलमा लगिने  जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।