सरकारको नीति तथा कार्यक्रमका ११ प्राथमिकता

सरकारको नीति तथा कार्यक्रमका ११ प्राथमिकता

कपन अनलाइन

काठमाण्डौ ,साउन २५।

सरकारले  नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीले निम्त्याएको सङ्कट सम्बोधनलाई उच्च प्राथमिकतामा राखेको छ।

गठबन्धन सरकारले   सुशासन सुनिश्चित गर्ने र महँगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि पहल गर्ने सहित ११ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको  छ।

यस्ता छन  ११  प्राथमिकता:

१) मुख्य प्राथमिकता कोभिड-१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने

२) संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिने

३) विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने

४) दलहरूको सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने

५) सङ्घीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरण तथा आवश्यक र विचाराधीन विधेयकहरू संसदमा प्रस्तुत गर्ने

६) उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने

८) कोभिड-१९ का कारण सङ्कटग्रस्त उद्योगलगायतका क्षेत्रहरूको उत्थान तथा कोभिड-१९ बाट प्रभावित श्रमजिवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने

९) बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार, राहत तथा पुनर्स्थापनामा जोड दिने

१०) राष्ट्रिय हितमा आधारित सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने

११) संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने

तपाइँको प्रतिक्रिया ।