कागेश्वरी मनोहरा नगरपालिकाका यी खोप केन्द्र बाट कोभीशिल्ड अस्ट्राजेनिका खोप लगाइने
कपन अनलाइन
काठमाडौँ, श्रावण २५ । कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड १९ बिरुद्दको कोभीशिल्ड अस्ट्राजेनिका खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रवक्त राजाराम पुडासैनीले जारी गरेको सुचनामा कोभिड बिरुद्दको कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथि तथा अन्य जोखिम समुअहमा रहेका दोस्रो खोप लगाउन बाँकी रहेका ब्यक्तिहरुलाई २०७८ साल श्रावण २५ गते र २६ गते खोपको दोस्रो मात्रा लगाइने भएकोले पहिलो खोप लगाएको खोप कार्ड सहित आफुलाई पायक पर्ने खोप केन्द्रमाखोप लगाउन जानको लागि सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।
खोप् केन्द्रहरु
१) गागल स्वास्थ्य चौकी
२) आलापोट स्वास्थ्य चौकी
३) भद्रबास स्वास्थ्य चौकी
४) शहरी स्वास्थ्य केन्द्र ४
५) डाँछी स्वास्थ्यचौकी
६) नगर अस्पताल मुलपानी
७) शहरी स्वास्थ्य केन्द्र ७
८) शहरी स्वास्थ्य केन्द्र ८
९) गोठाटार स्वास्थ्य चौकीमा बिहान १०: ३० बजे द्केही ४ बजे सम्म खोप संचालन हुने जानकारी गराइएको छ ।