भूमि आयोग खारेजको विरोधमा युवा संघ नेपालको प्रदर्शन

भूमि आयोग खारेजको विरोधमा युवा संघ नेपालको प्रदर्शन

कपन अनलाइन 

काठमाडौं श्रावण २१।युवा संघ नेपालले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा  प्रदर्शन गरेको छ ।युवासंघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमीसम्बनधी समस्या अनत्य गर्ने भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो ।

आयोगले तिव्ररुपमा काम गरी जग्गा वितरण गर्ने तयारी गरीरहेका बेला नयाँ सरकारले १९ साउनमा आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको कदमबाट भूमिहिन सुकुम्बासीको जग्गा पाउने आशामा तुषारापात भएको छ । आयोग पुनस्र्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।