काठमाडौंको गौशलाबाट करिव १ किलो ८६६ ग्राम सुन सहित तीन जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,साउन २१।
प्रहरीले काठमाडौंको गौशलाबाट करिब २ किलो सहित तीन जनालाई पक्राउ गरेको छ। सिल्भर रङको पेन्ट दलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन प्रहरीले गौशलाको एक गेष्ट हाउसबाट बरामद गरेको हो।
महानगरीय अपराध महाशाखाले सिल्भर रङको पेन्ट दलेको अवस्थामा १ किलो ८६६ ग्राम सुन बरामद गरेको हो। पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटिखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठाउँका २८ वर्षीय अब्दु सतार र २४ वर्षीय प्यार मोहम्मद रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन ।
उनीहरुलाई बुधबार सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसको कोठा नम्बर २०२ बाट प्रहरीले पक्राउ गरेको कोेइरालाले बताए। उनीहरु बसेको कोठा खानतलासी गर्दा सुटेकशभित्र लुकाएर राखेको अवस्थामा सुन फेला परेको थियो।
प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ १ लाख ५ हजार ५ सय पनि बरामद गरेको छ।