कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा उद्घोषण तथा माइन्यूट लेखन तालिम शुरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा उद्घोषण तथा माइन्यूट लेखन तालिम शुरु

कपन अनलाइन

काठमाडौं, श्रावण ७ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा उद्घोषण तथा माइन्यूट लेखन तालिम   बुधबार  बाट शुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं९ को सहयोगमा नमुना बस्ति सेवा समाज द्वारा आयोजित उक्त कार्यक्रमको नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका हुन । उक्त  कार्यक्रममा  कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष कुन्दन खड्का, नगर कार्यपालिका सदस्य कला घिमिरे, वडा सदस्यहरु रामहरी गौतम, डोलनाथ पोखरेल र तारा पुर्कुर्टी लगायत तालिममा सहभागी वडाबासीहरुको सहभागिता रहेको थियो ।तालिममा ५५ जनाले सहभागिता जनाएका छन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि थापाले महिला, बालबालिका, जेष्ठ नागरिक लगायत लक्षित बर्गका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा नगरपालिका लागिपरेको बताउदै तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न तालिमका सहभागिहरुलाई आग्रह  गरेका थिए ।थापाले बोल्न सक्ने व्यक्ति कुनै पनि हिंसा र अन्यायमा नपर्ने बताएका थिए  । उनले बोल्न पर्ने ठाँउमा समेत आफ्नो कुरा राख्न नसक्दाँ धेरै महिलाहरु अवसरहरुबाट बञ्चित हुनु परेको भन्दै तालिमबाट बोल्न सक्षम हुने विश्वास व्यक्त गरेका थिए  ।  तालिम यहि साउन १६ गते समापन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।