आज कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवस
कपन अनलाइन
काठमाण्डौ ,साउन ७।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३ औँ स्मृति दिवस हो। कमरेड पुष्पलालको सोच र सक्रियतामा विसं २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।
कमरेड पुष्पलाल संगै निरञ्जनगोविन्द वैद्य,नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्य संस्थापक रहेको नेकपा भारतको कोलकत्तामा स्थापना भएको थियो ।
कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचार धाराको प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरेका थिए।
नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्ने पुष्पलालले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।