गोकर्णेश्वरका यी स्थान बाट कोरोना बिरुद्दको जोन्सन एन्ड जोन्सन खोप लगाइने
कपन अनलाइन
काठमाडौं श्रावण ३ ।अमेरिकी सरकारले सहयोग गरेको जोन्सन एन्ड जोन्सन खोप भोलि बाट गोकर्णेश्वर नगरपालिकामा लगाइने भएको छ ।
कोरोनाभाइरस विरुद्धको यो खोप एक डोज लगाए पुग्छ। नगरपालिकाले सो खोप ५० देखि ५४ वर्षसम्मका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु र पहिला छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई भोलि देखि श्रावण ६ गते सम्म श्री सहयोगी मा बी खोप केन्द्र गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण र श्री चामुण्डा मा.बी गोकर्णेश्वर ६ नारायणटारमा लगाउने भएको हो अमेरिकाले सोमबार जोन्सन एन्ड जोन्सन खोप १५ लाख ३४ हजार आठ सय ५० डोज दिएको थियो। यो पहिलो चरणमा काठमाडौंमा लगाउन लागिएको जनाइएको छ।
तपाइँको प्रतिक्रिया ।