हाल सम्म गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
कपन अनलाइन
काठमाडौं,असार ३। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ असार २ गते सम्ममा १९२१ जना पुरुष र १७३२ जना महिला गरि कुल ३ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १०७ जना पुरुष र ६९ जना महिला गरि कुल १७६ जना
वडा नं २ मा १०६ जना पुरुष र ८० जना महिला गरि कुल १८६ जना
वडा नं३ मा ९२ जना पुरुष र ८० जना महिला गरि कुल १७२ जना
वडा नं ४ मा २६५ जना पुरुष र २३१ जना महिला गरि कुल ४९६ जना
वडा नं ५ मा ३०८जना पुरुष र २४८ जना महिला गरि ५५६ जना
वडा नं ६ मा ४३५ जना पुरुष र ४०४ जना महिला गरि ८३९ जना
वडा नं ७ मा ११७ जना पुरुष र ११६ जना महिला गरि कुल २३३ जना
वडा नं ८ मा ३८८ जना पुरुष र ३९३ जना महिला गरि कुल ७८१ जना
वडा नं ९ मा १०३ जना पुरुष र १११ जना महिला गरि कुल २१४ जना संक्रमित रहेको जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ८३९ जनामा कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।