Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/173821015_4107892089232877_4876685076996426087_n-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पछिल्लो २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं,जेठ ३० । पछिल्लो २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १९८३ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले  सामाजिक संजाल मार्फत जानकारी दिएका छन ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ ३० गते सम्ममा १९८३ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये ११८१ जनाले कोरोनालाइ जितेको जानकारी गराएका छन।

उनले कुल संक्रमित मध्ये ७५६ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै  हाल  सम्म नगरपालिकाका ४६ जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन । उनले हाल होम आइसोलेसनमा जना रहेको जानकारी गराउदै अस्पतालमा ४१ जना कोरोना संक्रमित भर्ना भएको जानकारी गराएका छन।

नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन।उनले सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा सही तरिकाले  मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न नगरबासीहरुलाई  अनुरोध गरेका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – ३५ जना महिला – १७ जना

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – २७ जना महिला – ८ जना

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – २२ जना महिला – १४ जना

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – ४३ जना महिला – ३० जना

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ८१ जना महिला- ९० जना

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- १४८ जना महिला- १२९ जना

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- १९० जना महिला- १६५ जना

८- कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष १०० जना महिला ८७ जना

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष ३९७ जना महिला ४०० जना रहेको जनाएको छ ।

त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष ३९७ जना  र महिला ४०० जना गरि  कुल ७९७ जनामा कोरोना पोजेटिभ देखीएको छ।

तपाइँको प्रतिक्रिया ।