गोकर्ण प्राथमिक अस्पताललाई रोटरी क्लब जावलाखेलको स्वास्थ्य उपकरण सहयोग
कपन अनलाइन
काठमाडौं, जेठ २९।गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमामा रहेको गोकर्ण प्राथमिक अस्पताललाई रोटरी क्लब जावलाखेलले द्वारा स्वास्थ्य उपकरण सहयोग गरेको छ ।शुक्रबार उक्त अस्पतालमा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लबले अस्पताललाई आवश्यक USG र ECG मेसिन नगर प्रमुख सन्तोष चालिसेलाइ हस्तान्तरण गरेको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, जन स्वास्थ्य प्रमुख हरि प्रसाद उपाध्याय रोटरी क्लब अफ जावलाखेलका प्रेसिडेन्ट वालिका गुरागाई , पस्ट प्रेसिडेन्ट डा.सुवास प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले स्वास्थ्य उपकरण प्रदान गरेकोमा रोटरी क्लब जाउलाखेललाइ धन्यबाद दिएका थिए। उनले गोकर्ण प्राथमिक अस्पताललाइ स्तरोन्नति गर्दै लैजाने क्रममा हाल उक्त अस्पतालमा २४ सै घण्टा बर्थिंग सेवा समेत सुरु गरेको जानकारी गराए ।उनले विषम परिस्थितिमा गरेको सहयोगको प्रसंशा गर्दै उक्त उपकरणले बिरामीको उपचारमा थप टेवा पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।