बुढानिलकण्ठ -१० सिद्देश्वर मन्दिर क्षेत्र बाट लागु पदार्थ सहित तिन जना पक्राउ

बुढानिलकण्ठ -१० सिद्देश्वर मन्दिर क्षेत्र बाट लागु पदार्थ सहित तिन जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपन सिद्देश्वर मन्दिर क्षेत्र बाट लागु पदार्थ सहित तिन जना पक्राउ परेका छन।  सो क्षेत्रमा लागुऔषध सेवन तथा बिक्रि बितरण भई रहेको सुचना पाए संगै परिचालन भएको महानगरीय प्रहरी प्रभाग कपनको टोलीले जेष्ठ २५ गते करिव ५ बजेको समयमा  उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाको शरिर तथा निजहरु बस्ने घर कोठामा खानतलासी गर्दा DIAZEPAM  २७ थान ,PHENERGAN  ५९ थान ,NOOPHIN थान ३२ गरी जम्मा ११८ थान तथा लागुऔषध बिक्रिबितरणको लागी प्रयोग हुने ठुलो सानो गरी रबर जम्मा ३५० ग्राम र प्रयोग भईसकेको DIAZEPAM, PHENERGAN NOOPHIN को खाली एम्पुल जम्मा थान १२९ थान फेला परेको थियो।

उनीहरुलाई  आवश्यक कारबाहीको लागीमहानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको छ ।

तपाइँको प्रतिक्रिया ।