नयाँ संविधान : मुक्तिनाथ शर्मा (कविता )

नयाँ संविधान : मुक्तिनाथ शर्मा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

प्रजाले प्रजाकै हितमा बिधान
बनाएर ल्यायौं नयाँ संविधान
सुखी देशबासी र समृध्द देश
बनाउनलाई भएको प्रयास ।१।

यसैभित्र खेलौं सिंगारौं मजाले
कुनै दाग् नलागोस् बनोस् स्वस्थखाले
कतै शत्रु लागे दुई लात हान
जोगाएर राख्नै पर्याे संविधान ।२।

शिशुबाट होला किशोर अवस्था
अनि गर्नसक्ला यहि सत्व्यवस्था
त्यहासम्म हेर्दै परेको छ जान
अहिले शिशु छ बरा संबिधान ।३।

युवा युवतीले बयस्क सबैले
नीतिविज्ञले देशसेबीहरूले
सुधार्दै सपार्दै परेको छ जान
बलियो हुनेछ तब संविधान ।४।

नीत सप्रिए देशकै सान बढ्छ
यदि बिग्रिए सुख सन्तोष घट्छ
नीतिको सुरक्षा गरे नीतिले नै
सदा गर्छ रक्षा अवस्यै अवस्यै ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।